बकैयाका वडा सदस्यसहित दुई जनाको घर पहिरोले पूर्ण क्षति

लोकप्रिय

मकवानपुर, साउन १८ गते । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ का वडा सदस्यसहित दुई जनाको घरमा पहिरोले पूर्ण रुपमा क्षति पु¥याएको छ ।
बकैया गापा १२ तामेचौरमा अविरल वर्षापछि सोमबार मध्यान्ह आएको पहिरोले पुरेर वडा सदस्य विवै सिं स्याङ्तान र अनिल स्याङ्तानको घरमा पूर्ण रुपमा क्षति पुगेको हो ।
पहिरोका कारण डिल्लीप्रसाद दाहालको घर पनि उच्च जोखिममा परेको बकैया गाउँपालिका वडा नं. १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले जानकारी दिनुभयो ।
उहाँले वर्षा हुने क्रम भइरहेकाले जोखिमयुक्त स्थानमा नजान र सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो ।

ताजा समाचार

Related Articles