खासकुरा संवाददाता
हेटौँडा, साउन १८ गते । मकवानपुर उद्योग वाणिज्य संघले संघको ६० औँ स्थापना दिवसको अवसुरमा हेटौँडा उपमहानगरपालिका १५ रातोमाटेस्थित दिव्यसेवा निकेतन, ज्येष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । मउवासंघले सोमबार आश्रममा पुगेर खाद्यान्न हस्तान्तरण गरेको हो ।
सहयोग हस्तान्तरण गर्दै मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटले संघले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो । आश्रमका टिआर निरौलाले आश्रमको संचालन र व्यवस्थापनको बारेमा जानकारी गरउाँदै २०६१ सालबाट निर्माण सुरु गरी २०६४ सालबाट आश्रम शुरुभएको बताउनुभयो ।
अतिरिक्त सामाजिक सेवाको रुपमा ४६३ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई १६ वटा सरकारी विद्यालयमा पढाइरहेको र यसमा मउवासंघका पदाधिकारीहरुले पनि सहकार्य गर्न सक्ने बताउनुभयो ।
मउवासंघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती र महासचिव प्रतिमा श्रेष्ठ मन्तव्य राख्नुभएको सो कार्यक्रमासंघका पदाधिकारी, सदस्य र आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।




