राप्रपाद्वारा तीन प्रदेश सभा सदस्य पदमुक्त

लोकप्रिय

हेटौँडा, भदौ ८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रको निर्देशन विपरित बागमती प्रदेश सरकारमा सहभागी भएका तीन जना प्रदेश सभा सदस्यलाई सोमबार पदमुक्त गरेको छ ।
पार्टीको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीहरु राजु बिष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार पदमुक्त गर्ने निर्णय गरेको हो ।
केन्द्रीय अनुशासन समितिको सिफारिस बमोजिम पदमुक्त गरिएको अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेश सभाका सभामुखलाई लेख्नुभएको पत्रमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री किरण थापा मगरले सोमबार विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर विश्वासको मत लिनुअगावै राप्रपाबाट सरकारमा सहभागी भएका तीन प्रदेश सभा सदस्यहरु पदमुक्त गरिएको हो ।
तीनै जनालाई पदमुक्त गरिएको सम्बन्धी पत्र सोमबार बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईंलाई जानकारी गराइ उक्त पत्र प्रदेशसभा सचिवालयमा दर्ता समेत भएको छ ।
केन्द्रको निर्णय विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्नुभएको थियो ।
पार्टीभित्रको विवादका बिच तीन जना प्रदेश सभा सदस्य सरकारमा सहभागी भएका छन् ।

ताजा समाचार

Related Articles