खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते । नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिका कार्यसमितिको सभापतिमा सुमन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेसकोे १५औँ महाअधिवेशन अन्तर्गत कांग्रेस इन्द्रसरोवर गाउँपालिकाको कार्यसमितिको बुधबार सम्पन्न अधिवेसनले श्रेष्ठलाई सभापतित्वमा निर्विरोध निर्वाचित गरेको हो ।
श्रेष्ठ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षसमेत हुनुहुन्छ । सभापतिसहित कार्यसमितिका अन्य पदाधिकारीर सदस्यहरुसमेत सर्वसम्मत् निपर्वाचित हुनुभएको छ । समितिको उपसभापतिमा वसन्ती लामा र सविना बलामी तथा सचिवमा कृष्ण महर्जन सर्वसम्मत चयन हुनुभएको हो ।
यस्तै मकवानपुरका १० वटै पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न भएको छ ।
कांग्रेसको भीमफेदी गाउँपालिका कार्यसमिति सभापतिमा मित्रबन्दु सिंजाली, मकवानपुरगढी गाउँपालिका समिति सभापतिमा आकाश गोले, बकैया गाउँपालिकाका समिति सभापतिमा गोपाल बहादुर न्यासुर , बागमती गाउँपालिका समिति सभापतिमा चोक बहादुर ठाडा मगर, राक्सिराङ गाउँपालिका समिति सभापतिमा देव लामा, मनहरी गाउँपालिका कार्यसमिति सभापतिमा राजकुमार श्रेष्ठ र कैलाश गाउँपालिका कार्यसमितिको सभापतिमा उदास ब्लोन लामा निर्वाचित हुनुभएको छ ।




