ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

लोकप्रिय

हेटौँडा, असोज १० गते । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका –२२, तीन नम्बर पुल सडक खण्डमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
शुक्रबार राति ११ः०० बजेको समयमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा. प्र. ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा टाउकोमा चोट लागेका स्कुटर चालक मोरङ, लाङटाङ नगरपालिका १ बस्ने अन्दाजी ३५ वर्षीय योगेन्द्र मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो । उपचारकै क्रममा राति ११ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाशकुमार खत्री तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा खटिएको प्रहरी टोली उद्दार कार्यमा खटिएका थिए । ट्रक र चालक बारा, जितपुरसिमरा उपमहानगरपालिका –२१ बस्ने अन्दाजी ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।

ताजा समाचार

Related Articles