भोटेकोशी बाढीमा एक हजार ४५७ जनाको मृत्यु

लोकप्रिय

काठमाडौँ, असोज २४ गते । भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ बजेसम्मको विवरण हो ।

बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको मृत्यु भएको बताएको हो ।

सङ्कलन भएका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३५ शव  व्यवस्थापन गरिएको छ । एक हजार ४३८ शवको पहिचान हुन सकेका छैन । बाढीपछि चार हजार ७२० जना बेपत्ता छन् । यसैगरी, बाढीबाट विस्थापित एक हजार २३१ जना विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ ।

ताजा समाचार

Related Articles