अर्घाखाँची, कात्तिक ५ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका –२ भूमिस्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ। ढाकावाङ–सन्धिखर्क सडक खण्डमा बुधबार बिहान भएको दुर्घटनामा भूमिकास्थान नगरपालिका–८ लम्ची स्थायी घर भइ हाल काठमाडौँ बस्दै आउनुभएका ६२ वर्षीय देविराम आचार्य र उहाँका २३ वर्षीय छोरा विवेक आचार्यको मृत्युभएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश जिसिका अनुसार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेको अवस्थामा फेला परेको जानाकारी दिनुभयो। दुर्घटनामा बाबुछोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।




