अन्नपूर्ण यात्राः अविष्मरणीय अनुभूति

लोकप्रिय

–सम्झना घिमिरे
सानैदेखिको एउटा अटुट सपना थियो- अन्नपूर्ण आधार शिविर (ABC) को आँगनमा पुगेर हिमाललाई आँखै अगाडि अघाैचि नियाल्ने । आफूले देखेका सपनाहरू पूरा गर्न अरुकाे सहारा हैन आफ्नै हिम्मत र अठोट चाहिन्छ । May be an image of climbing and mountainआफ्नो गोजीमा पुग्ने खर्च त थिएन । तर जहाँ ईच्छा त्यहाँ उपाय भने जस्तै जहाँ खर्च पुग्दैन अर्थात् अभाव हुन्छ त्यहाँ पुगेर साथीहरुलाई फोन कल गरेँ भने कसाे नपठाउलान र भन्ने विश्वास थियाे । त्यही विश्वास बाेकर ११ वर्षीय छोरा र १७ वर्षीया छोरीलाई साथै लिएर हिमालको काखमा पुग्ने दृढ सङ्कल्प बोकेर यो यात्राको थालनी गरियो । May be an image of climbing, crater, Machu Picchu and mountainहिडाइकाे दाेस्राे दिन बेलुका ५ बजे माछापुच्छ्रे बेस क्याम्प (MBC) पुग्दा त हामी तीनै जनाकाे शरीरले लगभग हार खाइसकेको थियो । बेलुकाकाे खाना पश्चात् हिँडाइका कारण सुन्निएका मेरा गोडामा तेल लगाउँदै छोरीले सोधिन, “के भोलि हामी माथि पुग्न सक्छौँ होला त ममी ?”
म आफैँ निशब्द थिएँ । श्वास रोकिएझैँ फुलिरहेको थियो, शरीरमा कामज्वरोले गाँजिरहेको थियो रातभरमा २/३ पटक पखाला भईसकेकाे थियाे र सबैभन्दा अप्ठ्यारो कुरा साथमा कुनै पनि औषधि थिएन ।No photo description available. छेउकाे रुममा बस्ने अपरिचित व्यक्तिसँग औषधि मागेर खाइयाे । तर, तीनै जना रातभर अनिदो नै बितायाैँ, नानी बाबुलाई लेक लागेर बिसन्चाे हाेलाकी भन्ने मनमा अत्यधिक डर थियाे ।

रातभरकाे कुरामा हाम्राे एउटै संकल्प थियाे माथि पुगेर फर्कनु । सकुशल त्याे पनि बिना औषधि । र हामी तीनै जनाले निर्णय गर्‍यौ “बिहान ३ बजे जसरी पनि माथि जाने नै हाे, अब त जम्मा ४०० मिटर उचाइ मात्र त पार गर्न बाँकी छ !” May be an image of climbing and mountainत्यही अठोट बोकेर, चिसो सिरेटो र चरम थकानका बीच बिहान ३:४५ बजे माछापुच्छ्रे बेस क्याम्पबाट फेरि यात्रा सुरु गरियो। उचाइ बढ्दै जाँदा सिरेटोको चिसो र सासको गति पनि तीव्र बन्दै गयो। १०/१० पाइला चाल्दै गर्दा जीवन र संघर्षका अनेक पाटा मनमा खेल्न थाले ।हो, उचाइ सँगै बढ्ने श्वासको गतिले जीवनप्रतिको मोहलाई झन्-झन् गहिरो बनाउँदै लैजाने रहेछ । बिहान ठिक ६:०० बजे हामी अन्तिम गन्तव्यमा पुग्यौँ । May be an image of mountainजति-जति उचाइमा पुगिन्थ्यो, हिमालको उचाइ घटेको महसुस हुनुको साटो झन् बढेमान र विराट रूपमा उभिएको देखिन्थ्यो । हिमालहरूको त्यो चहकिलो र अद्भूत रूप आँखाले सिधा हेर्नसमेत गाह्रो भइरहेको थियो।
आफ्ना दुई सन्तानको कक्रिएका हात नछोडी समाउँदै जब म आधार शिविरको त्यो पवित्र भूमिमा पुगेँ, वर्षौंदेखिको सपना पूरा भएको खुसीमा मेरो ओठमा हाँसो फुट्नुअघि नै आँखाहरूबाट आँसु खसिसकेका थिए ।

मेराे यात्रामा सबैभन्दा महत्त्वपूर्ण सहयाेग गर्ने मेरा दुई सन्तान छोरा–छोरी , उनीहरु मलाइ हेरेर आफ्नो हिम्मत बढाउथे, अनि म थाकेर लखतरान पर्दा उनीहरुलाई हेरेर आफ्नो हिम्मत बढाउथेँ । माछा पुच्छ्रे बेश क्याम्पमा पुग्नु अघि बाेकेर लगेकाे क्यास सकिएकाे थियाे ।May be an image of Bactrian camel and text माेवाइल बैङ्किङ पासवर्ड रङ हान्नाले लक भएकाे थियाे, त्याे बेला नानीबाबु खाजा खाने टेबलमा बसिसकेपछि -हाेस ममी हामी खाजा नखाउ हामीसँग जे छ त्यही खाँदै जाउँ भन्दै थिए । म भने चिन्ता नगर न सम्झना दिदी हुनुहुन्छ त उहाँले हालिदिनु हुन्छ के भनेर सम्झाउँदै खाजा खुवाएँ ।
अनि सम्झनालाई कल गरेँ बजै मलाइ ईसेवा गरिदेउन । पैसा सकियाे । हाम्राे यात्रा अझेेै दुई दिन बाँकी नै थियो ।May be an image of sherpa coat and textसम्झनाले गरिदिएको ई–सेवाले मेरो जीवनमा घर फर्कन अर्को हिम्मत् थपिदिएको थियो जुन सामान्य कुरा थिएन । काेही मान्छे घर फर्कनु कति महत्त्वपूर्ण कुरा हाे भन्ने कुरा भदौमा गएको रसुवा बाढीमा हराएका तमाम मानिसहरु र उनीहरुको परिवारको आशालाई सम्झन्छु म । फेरि पनि सहयोगका लागि धेरै धेरै धन्यवाद सम्झना ।

ताजा समाचार

Related Articles