धापासी हाइटबाट चितुवाको सकुशल उद्धार

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २५ गते । काठमाडौँको टोखा नगरपालिकास्थित धापासी हाइट क्षेत्रमा देखिएको एक वयस्क चितुवालाई डिभिजन वन कार्यालय काठमाडौँको वन्यजन्तु उद्धार टोलीले सकुशल उद्धार गरेको छ।
चाडपर्वको समयमा समेत आफ्नो प्रवाह नगरी टोलीले देखाएको उच्च सतर्कता र सक्रियताका कारण चितुवालाई कुनै क्षति नपुऱ्याई नियन्त्रणमा लिन सफल भएको हो।उद्धार कार्यमा टोलीका प्रमुख पशु चिकित्सक (भेटेरिनेरियन) डा. सोनम भाल, सशस्त्र वन रक्षक रामचन्द्र सापकोटा, चालक रेशम पौडेलसहितका कर्मचारीहरू खटिएको डिभिजन वन कार्यालय काठमाडौँका वरिष्ठ डिभिजनल वन अधिकृत पुष्पराज बर्तौलाले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दा तथा वन्यजन्तु दुवैको सुरक्षालाई ध्यानमा राख्दै प्राविधिक टोलीले सावधानीपूर्वक डार्ट (डार्टिङ) गरी चितुवाको उद्धार गरेको जनाइएको छ।

चाडपर्वको विदाको समयमा पनि जनस्वास्थ्य र वन्यजन्तु संरक्षणका लागि निरन्तर खटिएको उहाँले बताउनुभयो ।
उद्धार गरिएको चितुवालाई आवश्यक स्वास्थ्य परीक्षण तथा रेखदेखका लागि केन्द्रीय चिडियाखाना वा सुरक्षित स्थानमा पठाइएको छ।

ताजा समाचार

Related Articles