खासकुरा संवाददाता
कावासोती, कात्तिक ३० गते । जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

सोमबार बिहान अन्दाजी ६ः४० बजेको समयमा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो ।

बस दुर्घटनामा २५ जना सामान्य तथा मध्यम घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने घाइतेहरूको विस्तृत विवरण आउन समेत बाँकी रहेको छ ।




