राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष मेनुका खाँड केसीद्वारा शपथ

लोकप्रिय

हेटौँडा, कात्तिक ३० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को लुम्बिनी प्रदेश अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित मेनुका खाँड केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
केसीलाई केन्द्रीय निर्वाचन समितिका अध्यक्ष एवं लुम्बिनी प्रदेश निर्वाचन संयोजक तोरणबहादुर गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

उहाँलाई शपथ गराउँदै केन्द्रीय निर्वाचन समितिका अध्यक्ष एवं लुम्बिनी प्रदेश निर्वाचन संयोजक गुरुङले नवनिर्वाचित अध्यक्ष केसीलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
राप्रपाको लुम्बिनी प्रदेश अधिवेशनबाट केसी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
यसैबीच राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको अध्यक्ष पदमा साउथ अष्ट्रेलियाको एड्लेड निवासी केदार श्रेष्ठ चयन हुनुभएको छ ।

ताजा समाचार

Related Articles