खासकुरा संवाददाता
हेटौँडा, मंसिर ९ गते । बागमती प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक आगामी मंसिर १५ गते मंगलबार बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको हो ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका उपसभामुखले बैठकको मिति र समय निर्धारण गर्नुभएको प्रदेशसभा सचिव रामकुमार पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
बैठकमा सहभागी हुनुपर्ने प्रदेशसभा सदस्यहरूको जानकारीका लागि सचिवालयले सूचना जारी गरेको हो ।




