प्रहरी चौकी भवन निर्माण

लोकप्रिय

धादिङ– उत्तरी धादिङको नेत्रावती डबजङ्ग गाउँपालिकामा पर्ने विकट वस्ति सेमजोङ्गमा प्रहरी चौकी स्थापनाको झन्डै १८ वर्ष पछि चौकीको आफ्नै भवन निर्माण गरिएको छ ।

भवनको अभावमा अस्थायी टहराबाट सेवा प्रवाहा गर्दै आएको प्रहरीले भवन निर्माण सम्पन्न भएपछि सोही भवनबाटै सेवा प्रवाह सुरु गरेको छ।

विस २०६३ सालदेखि धादिङको सेमजोङ्गमा प्रहरी चौकी राखिएको भए पनि प्रहरी चौकीका लागी  आवाश्यक पर्ने भौतिक पूर्वाधार निर्माण हुन सकेको थिएन ।

बाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।

न्यूनतम आधारभुत सेवा सुविधा  सहितको भवन निर्माण भएसँगै प्रहरीलाई शान्ति सुरक्षा कायमका लागी थप मद्दत मिल्ने विश्वास गरिएको छ ।

नव निर्मित भवनको आज बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने र बाग्मती प्रदेश प्रहरी प्रमुख नायव महा निरीक्षक कृष्णहरी शर्माले उद्घाटन गर्नु भयो ।

कानुन मन्त्री लामिछानेले बाग्मती प्रदेश सरकारको स्थापना पश्चात् आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्य जिम्मेवारी भित्र रहेर प्रहरीले अपराध नियन्त्रण शान्ति सुरक्षा, विपद् व्यवस्थापन जस्ता विषयमा निरन्तर स्थानीय पालिकाहरूसँग सहकार्य गरी काम गर्न प्रहरीलाई निर्देशन समेत दिनु भएको छ ।

उहाँले हालसम्म बाग्मती प्रदेशभरिमा अहिले ७१ ओटा प्रहरी युनिटको भवन निर्माणका लागी बजेट व्यवस्था भएकोमा ६८ ओटा भवन निर्माण सम्पन्न भई सकेको जानकारी  दिनुभयो ।

उहाँले बाँकी भवनहरुको निर्माण प्रक्रिया पनि अघि  बढाइएको बताउनु भयो ।

बाग्मती प्रदेश प्रहरी प्रमुख शर्माले भने मातहतका प्रहरीहरूलाई भवन लगायत अन्य पूर्वाधार अभावमा कार्य सम्पानमा  असहज भइरहेको बताउनुभयो ।

धादिङ जिल्लाभर रहेका ४९ प्रहरी युनिट मध्य २२ ओटा मात्रै भवन रहेको अन्य प्रहरी चौकी र अस्ताई प्रहरी चौकीहरू भाडामा नै रहेको धादिङका प्रहरी प्रमुख दीपेन्द्र शाहीले जानकारी दिनु भएको छ ।

ताजा समाचार

Related Articles