पूर्वराजा पोखराबाट काठमाडौँमा

लोकप्रिय

काठमाठौँ- पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौँ फर्किनुभएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ता उहाँको स्वागतका लागि विमानस्थल पुग्नु भएको थियो ।
विमास्थल बाहिर चक्रपथ सडकमा समेत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।   राप्रपासहित पूर्वराजा समर्थित विभिन्न समूहको आह्वानमा भएको स्वागत कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो ।
पोखरा केन्द्रित भई आसपासका क्षेत्रको धार्मिक भ्रमणमा निस्कनुभएका पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौँ आउनुभएको हो ।

ताजा समाचार

Related Articles