सुशासन पहिलो प्राथमिकता : मुख्यमन्त्री लामा

लोकप्रिय

नुवाकोट-  मुख्यमन्त्री लामा तामाङले देश परिवर्तनमा सुशासन महत्त्वपूर्ण रहेको वताउनु भयो । सुशासन विना देश विकास असम्भव रहेको उहाँको भनाई छ ।

नुवाकोटको विदुरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले आफूले बागमती प्रदेशमा सुशासनको विविध कार्य सुरु गरिसकेको वताउनु भयो । एउटा नियम र सुत्र अनुसार काम गर्ने परिपाटीको आफूले नियम वसालेको उहाँले वताउनु भयो ।

जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारिता जगत् सवैतिर सुशासन आवश्यक रहेको र। यसबाटै देशमा परिवर्तन सम्भव रहेको मुख्यमन्त्री लामाले वताउनु भयो । आफूले आफ्ना मन्त्रीहरू, प्रदेश सचिवहरू, कर्मचारीहरूको काम गर्ने साप्ताहिक तालिका नै बनाएर कार्य सुरु गरेको उनले वताउनु भयो ।

आफूले पदमा रहुन्जेल सदा जनपक्षिय काम गर्ने बताउँदै  बागमती प्रदेशको नेतृत्व काँग्रेस र एमालेको सहकार्यमा आफूले गरेको उल्लेख गर्दै मुख्यमन्त्री लामा तामाङले आफ्नो कार्यकालमा प्रदेशमा केही न केही उल्लेखनीय कार्य गरेरै देखाउने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले बागमती प्रदेशमा आफ्नो निर्णय अनुसार नै सुशासन र वित्तिय नियन्त्रण अर्थात् अनुशासनलाई पहिलो प्राथमिकतामा राखेर कार्य गरिरहेको ठहर गर्दै यसबाटै परिवर्तनको सुरुवात भइरहेकोसमेत ठहर गरे । उनले  माग र आवश्यकको पहिचान गरी विकास, निर्माण, स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्ने वताउनु भयो ।

उहाँले शिक्षा र स्वास्थ्य मानवको पहिलो आवश्यकता भएका कारण यसलाई बिग्रिन नदिने वताउनु भयो ।  मुख्यमन्त्री लामा तामाङले खानेकुरामा नियन्त्रण गरेमा मानवको स्वास्थ्य सुरक्षा प्रभावकारी हुने वताउनु भयो ।

जथाभाबी खानेकुरा सेवन गर्ने प्रवृत्तिका कारणसमेत अनेक रोगव्याधीले आक्रमण गरिरहेको हुँदा बागमती प्रदेशले स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम ल्याउनेसमेत वताउनु भयो । मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पत्रकारहरूको क्षमता विकासका लागि आफू सदा क्रियाशील रहेको वताउनु भयो ।

नुवाकोटसहित बागमती प्रदेशको पत्रकारिताको विकासमा बजेट विनियोजन गर्ने उहाँले वताउनु भयो । पत्रकारले खोज र अनुसन्धान मूलक समाचारलाई प्राथमिकतामा राखेर कलम चलाउनु पर्ने बताउँदै उहाँले सत्य र तथ्यलाई कहिले पनि भुल्नु नहुने वताउनु भयो ।
कुनै पनि कामको नकारात्मक ढङ्गले भन्दा पनि सकारात्मक ढङ्गले हेरिनुपर्ने उनको भनाइ छ । गल्ती र कमजोरीलाई ढाकिदिने भन्दा पनि सचेत हुने गरी प्रमाणसहित समाजका अगाडि ल्याइदिनु पर्ने उहाँले वताउनु भयो  ।

अहिलेका पत्रकार आधुनिक उपकरण र प्रविधिसँग नजिक  रहेर कार्य गरिरहेका कारण कुनै पनि गल्ती ढाकछोप नहुने पनि उनले वताउनु भयो ।  यद्यपि जनताको उन्नती र प्रगतिका लागि भने  पत्रकार र प्रदेश सरकारको सम्बन्ध सुमधुर हुनुपर्ने उहाँले बताउनु भयो ।

ताजा समाचार

Related Articles