हेटौँडा, फागुन २५ गते ।
मकवानपुरको थाहा नगरपालिका १० स्थित चित्लाङमा हरेक १२ वर्षमा लाग्दै आएको बाह्र वर्षे नाच अन्तर्गत बाह्रौँ चरणको नाच प्रदर्शनी एवं समापन गरिनेभएको छ ।
थाहा नगरपालिका १० स्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिको व्यवस्थापनमा सञ्चालन गरिएको नाचका नाचका गुरु र कलाकारहरुको सम्मानसहित बाह्रौँ चरणको नाच प्रदर्शनी गरेर बुधबार समापन गरिनेभएको हो ।
गोपाली सनातनी संस्कृतिमा प्रत्येक बाह्र वर्षमा एकपटक बाह्र बर्र्से नाच राख्नु पर्ने र बाह्र बर्से नाचलाई बाह्र चरण नचाई देखाउनु पर्ने प्रचलनअनुसार यो वर्ष हाम्रो गुठियारले ‘महाभारत कथा’ मा आधारित नाच तयार गरी प्रदर्शनी गरिएको थियो ।
गत कात्तिक १ गतेबाट सुरुभएको सो नाच थाहा नगरपालिका १० स्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।
समितिका संयोजक दीपक गोपालीले गोपाली समुदायको गुठियार गाउँ थाहा नगरपालिकास्थित टौखेल,न्हुलगाउँ र अम्पुडोलसँगै काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं. ४ थानकोटमा प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।
उहाँले यसअघि एघारौं चरणको नाच थाहा नगरपालिका १० स्थित न्हुलगाउँमा प्रदर्शनी गरिएको बताउँदै यही बुधबार दिउँसो थाहा १० टौखेलमा सम्मान कार्यक्रम र साँझ अन्तिम चरणको नाच प्रदर्शनी गरिने बताउनुभयो ।
उहाँका अनुसार बिहीबार बिहान नाच सकेर पूजाआजा गरी गुरुहरुलाई सेतो फेटा लगाएर विधिवत् रुपमा नाच समापन गरिने छ ।
हरेक बाह्र वर्षमा लाग्ने ऐतिहासिक एवं धार्मिक महत्वको नाच यो वर्ष महाभारत काण्डमा आधारित कथामा आधारित भएर प्रदर्शनी गरिएको छ ।
यो नाच चम्पाकेश्वर महादेव जात्राको दिनदेखि देखाउन शुरु गरिएको हो ।
महाभारत कथामा आधारित उक्त नाचमा महाभारत कथाका पात्रहरु रहने उक्त नाचमा पाण्डबहरुले जुवा खेल्ने, अन्तिममा दुर्योधन र भीमका बिच लडाई हुनेलगायतका श्रृङ्खला प्रदर्शन हुने छ ।
नाचमा गुरु र कथाका पात्र गरी करिब ९० जना रहेको बताउँदै संयोजक गोपालीले नाचका लागि आवश्यक स्रोत स्थानीय स्तरबाट जुटाइएको बताउनुभयो ।