काठमाडौं– प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठक पनि स्थगित भएको छ । विपक्षी दलको अवराेधपछि बैठक भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको हो ।
कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयकाे विराेध गर्दै प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले प्रतिनिधि सभाको पहिलो बैठक पनि अवरुद्ध गरेका थिए । दोस्रो बैठक पनि अवरोध कायमै राखेपछि सभामुखले भोलि विहान ११ बजे बस्ने गरी बैठक स्थागित गर्नु भएको हो ।
विपक्षी दलका सांसदहरुले आआफ्नाे कुर्सीबाट उठेर विराेध जनाएपछि सभामुख घिमिरेले भाेलि बिहान ११ बजेसम्मकाे लागि बैठक स्थगित गरिएको बताउनु भयो ।
यसअघि बिहान बैठक सुरु हुने वितिकै पनि विपक्षी दलका सांसदहरुले सदनमा उठेर विराेध जनाएका थिए । लगतै सभामुखले आधा घण्टाकाे लागि बैठक स्थगित गर्दै दलहका सचेतकहरुसँग छलफल गर्नु भएको थियो ।