लगानीमैत्री वातावरण निर्माण गर्न सबैको प्रयास आवश्यकः ढकाल

लोकप्रिय

हेटौँडा, चैत १७ गते ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सबैको प्रयास आवश्यकभएको बताउनुभएको छ ।
महासङ्घका अध्यक्ष ढकालसहित महाङ्घका उपाध्यक्षहरु तथा कार्यकारिणी सदस्यहरु, जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुलगायतको टोलीसँग शनिबार हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले लगानीको वातावरण निर्माण र रोजगारीको अवसर सिर्जनामा सबै पक्षको साथ सहयोग र समन्वय आवश्यकभएको भन्दै जिल्ला÷नगर उद्योग वाणिज्य सङघहरुले पठाउने बजेट सम्बन्धी सुझावहरुलाई नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा प्रस्ताव र कार्यान्वयनको पहल गर्ने बताउनुभयो । उद्योग व्यवसायीका समस्या नीतिगत रुपमा समाधान गर्न महासङ्घले पहल गरिएको उहाँको भनाई थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाटले जिल्लाका उद्योगी÷व्यवसायीका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।
थाहानगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुरुषोत्तम ढकालले उद्योग व्यवसाय क्षेत्रमा रहेका समस्या समाधानमा महासङ्घबाट पहल र प्रयास हुनुपर्ने भन्दै थाहा नगरमा कृषिजन्य उद्योग स्थापनामा जोड दिनुभयो ।
कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष अर्जुनकुमार श्रेष्ठलगायत पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles