हिमालय एयरलाइन्सको पोखरामा व्यावसायिक उडान सुरु

लोकप्रिय

पोखरा, चैत १८ गते ।

हिमालय एयरलाइन्सले पहिलो पटक पोखरामा व्यवसायीक उडान गर्न सुरु गरेको छ । काठमाडौँ–ल्हासा सिधा हवाई उडान गर्दै आएको हिमालय एयरलाइन्सले ल्हासा—पोखराको सिधा हवाई उडान गर्न सोमबार देखि सुरु गरेको हो ।

चाइनिज नागरिक सहित अन्य पर्यटक गरी १ सय ७ जना यात्रु लिएर हिमालय एयरलाइन्स कम्पनीको विमानबाट सोमबार दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएको हिमालय एयरलाइन्सका उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले बताउनु भयो । उक्त विमानबाट मङ्गलवार १ सय भन्दा बढी चिनियाँ सहित पोखराका केही पर्यटन व्यवसायीहरू सहितको टोली पोखरा देखि ल्हासा प्रस्थान गर्ने भएको उहाँले जनाउनु भयो । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्ने गरी उडान तालिका सार्वजनिक गरिएको हिमालय एयरलाइन्सले जनाएको छ ।

दुई राष्ट्रका नागरिक–बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन भएको उक्त व्यवसायीक उडान सफल हुने प्रवक्ता श्रेष्ठले विश्वास व्यक्त गर्नु भयो । नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो ।

ताजा समाचार

Related Articles