मकवानपुरगढीमा चितुवा देखिएपछि सतर्कता अपनाउन आग्रह

लोकप्रिय

हेटौँडा, १९ चैत २०८१ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका विभिन्न वडामा वन्यजन्तु चितुवा गाउँबस्तीमा प्रवेश गरी घरपालुवा जनावर मार्ने र घाइते बनाउन थालेपछि सचेतना अपनाउन आग्रह गरिएको छ ।
डिभिजन वन कार्यालय मकवानपुरको कार्य क्षेत्रअन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा न. ३ को मोरङ्गे, वडा न. ४ कालीखोलालगायत क्षेत्रमा बिगत केही दिनदेखि चितुवाले आतङ्क मच्चाएपछि डिभिजन वन कार्यालयले सचेतना अपनाउन स्थानीयलाई आग्रह गरेको हो ।
डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले सो क्षेत्रमा चितुवाले कुकुरलगायतका घरपालुवा जनावर मार्ने र घाइते बनाउने गरेको पहिचानभएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार मकवानपुरगढी गाउँपालिका ४ स्थित सूर्यबहादुर पाख्रिनको गोठमा रहेको बाच्छी तानेर २५–३० मिटर पर लगेर खाएको अवस्था भेटिएको छ ।
उहाँले चितवालाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट पासो
ल्याएर जिएसएम क्यामरासमेत जडान गरी राखेको बताउँदै पासो थापेको क्षेत्रमा चितुवा आएपछि अनलाइनमार्फत देख्न सकिने बताउनुभयो । चितुवा पासोमा परेमा नियन्त्रणमा लिएर वन क्षेत्रमा छाडिने उहाँका भनाई छ । केही समयअघि वडा नं. ३ मा तीन वटा कुकुर चितुवाले मारेको स्थानीयले जनाएका छन् ।
गाउँ बस्तीमा प्रवेश गरी बाखा, गाई, कुकुर जस्ता घरपालुवा जनावरहरु लाई मार्ने तथा भम्भीर घाइते बनाईरहेको पाइएको छ उहाँले भन्नुभयो, उक्त क्षेत्रहरुमा चितुवाको गतिविधि हुने गरेको आधिकारिक तथ्य समेत फेला परेकोले विशेष गरी बिहान बेलुका एक्लै जंगल क्षेत्रमा हिड्डुल नगर्नु हुन साथै जानै पर्ने अवस्था भएका समुहमा सुरक्षित भएर मात्र हिड्न हुन आग्रह गर्दछौ ।
साथै कहीं कतै केही घटना भएको पाइएमा नजिकैको सुरक्षा निकाय, वडा कार्यालय, सब डिभिजन वन कार्यालय तथा डिभिजन वन कार्यालयमा सम्पर्क गर्नसमेत वन कार्यालयले आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles