हेटौँडा, १९ चैत २०८१ ।
मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगपालिका वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित पूर्व पश्चिम सडकखण्डबाट खैरो हेरोइनसहित हेटौँडा १ का वर्ष २४ को राज श्रेष्ठलाई पक्राउ गरेको जिल्लाप्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयोे ।
वीरगंजबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा.प्र.०८–००१ ज ००१९ नं.को यात्रुबाहक विद्युतीय गाडीलाई रोकी जाँच गर्ने क्रममा सो गाडीमा सवार श्रेष्ठको साथबाट लुकाई ल्याईएको अवस्थामा ७ ग्राम ३७० मिलि ग्राम लागू औषध खैरो हेरोईन बरामद गरिएको थियो ।
निज राज श्रेष्ठलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।