दोलखा, चैत २८ गते ।
नेपाल–चीन जोड्ने फलाक नाका खुलाउन र त्रिदेशीय मार्ग (नेपाल– चीन– भारत) जोड्ने फलाक–भिटामोड सडक सञ्चालन गर्न दोलखाका स्थानीयले माग गरेका छन् ।
चीनसँगको सिमाना दोलखाको बिगु गाउँपालिका वडा नं. १ लामाबगर फलाकबाट महोत्तरीको जलेश्वर भिटामोड हँुदै भारत जोड्ने त्रिदेशीय मार्ग सबैभन्दा छोटो भएकाले यसको सञ्चालनमा सरकारले विशेष पहल गर्नुपर्ने स्थानीय नरबहादुर श्रेष्ठले बताउनुभयो ।
नेपाल–चीन–भारत जोड्ने २५० किलोमिटरको फलाक– भिटामोड त्रिदेशीय मार्गको करिब २४७ किलोमिटर सडक बनिसकेको छ ।
अब करिब तीन किलोमिटर सडक बनेपछि चीनसँगको फलाक नाका जोडिने बिगु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मेमबहादुर तामाङले बताउनुभयो ।
फलाक नाका जोडियो भने चीनको टिङ्ग्री जिल्लास्थित रोङसिया बजार पुगेर सहजै व्यवसाय गर्न सकिने वडाध्यक्ष तामाङले बताउनुभयो ।