गायक हेम वाइबाको ‘बेंगुलुकि जाङ’ सार्वजनिक

लोकप्रिय

काठमाडौँ , चैत ३१ गते ।

लामो समयदेखि अमेरिका बस्दै आउनु भएका गायक हेम वाइबाले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘बेंगुलुकि जाङ’ सार्वजनिक गर्नुभएको छ ।

क्यालिफोर्निया राज्यमा बस्दै आउनु भएका गायक वाइबाले आफ्नै युट्युब च्यानल मार्फत तामाङ मौलिक सङ्गीत म्हेन्दोमायाँ लयमा आधारित यस गीत शनिवार सार्वजनिक गर्नुभएको हो । परदेशमा रहे पनि भाषा र संस्कृति मार्फत सङ्गीत क्षेत्रमा निरन्तर आफ्नो योगदानका लागि यस गीतलाई तयार पारिएको गायक वाइबाले बताउनुभयो । चिनु गाल्देनले गाउनु भएको यस गीतलाई गायक वाइबाले पुन: रेकर्ड गर्नुभएको हो ।

ताजा समाचार

Related Articles