नयाँ वर्षको पहिलो दिन सहिद स्मारक घुईँचो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १ गते । नयाँ वर्षको पहिलो दिन सोमबार आन्तरिक तथा बाह्य पर्यटकको भिड थेगी नसक्नुभएको छ ।
नयाँ वर्षका दिन नयाँ स्थानसँगै मठमन्दिरमा परिवार र साथीभाइसँगै जाने आम प्रचलन अनुसार  स्मारकमा पर्यटकको ठूलो सङ्ख्यामा भिड लागेको हो ।
पछिल्ला वर्षहरुमा नेपालीसँगै अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गर्दै रमाइलो गर्ने गन्तव्यस्थलहरुमध्येको एक हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारक बन्दै आएको छ ।
स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले स्मारकमा विगतमा वर्षहरुको नयाँ वर्षहरुमा झै यस पटक पनि नयाँ वर्षको पहिलो दिन घुम्न र रमाइलो गर्न आउनेहरुको घुइँचो लागेको जानकारी दिनुभयो ।
नयाँ वर्ष २०८२ को पहिलो दिन २० हजारभन्दा बढी पर्यटक स्मारकमा अवलोकन एवं मनोरञ्जनका लागि आइपुगेको बताउनुभयो । स्मारकमा आउनेमा जिल्लाभित्रका भन्दा बढी छिमेकी जिल्लाहरु विशेषत तराईका जिल्लाबाट आएका थिए । साथै सीमावर्ती भारतका जिल्लाहरुबाट समेत पर्यटकहरु स्मारकमा पुगेका थिए ।
स्मारकमा बिहानैबाट कोही घुम्न त केही पिकनिक खान साथीभाइ, टोलछिमेकका र परिवारनै आएको देखिन्थ्यो ।
यस्तै स्मारकमा बत्ती जडानसँगै सौन्दर्यीकरण गरिएसँगै गत वर्ष वैशाखबाट रात्रिकालीन समयमा खुला गरिएको थियो ।
स्मारक विकास समितिका कार्यालय प्रमुख न्यौपानेले सामान्यतया बिदाका दिन पर्यटकको चाप हुने स्मारकमा गत वर्षबाट बिहान ६ः०० बजेदेखि राति १०ः०० बजेसम्म नियमित रुपमा खुला राख्न थालेको बताउनुभयो ।
नयाँ वर्षको पहिलो दिन स्मारकमा पुगेका कोही सेल्फी लिँदै थिए, केही नेपाली परम्परागत भेषभुषामा सजिएर तस्विर खिचाउँदै थिए, कतिपय सामुहिक तस्विर खिच्दै थिए त कोही स्मारकमा अवस्थित चिडियाघरमा पुगेर अवलोकन गर्दै जनावरसँग जिस्किँदै थिए ।
नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा नयाँवर्ष मनाउन बाहेक स्मारकमा कात्तिक, मङ्सिर र पुसमा पिकनिक आउनेको भिड लाग्ने गरेको छ ।
सहिद स्मारकमा सहिद स्तम्भ, चिडियाघर, बालउद्यान, राजनीतिक नेताहरुको नाममा पार्कहरु, सङ्ग्रालय, बुद्धमा मूर्तिलगायतका मनोरञ्जनस्थल रहेका छन् ।

ताजा समाचार

Related Articles