खासकुरा संवाददाता
हेटौँडा, वैशाख २ गते । मकवानपुरको कैलाश गाउँपालिकाको लगानीमा वडा नं. २ स्थित बैकुण्ठमा निर्माण गरिएको जिपलाइन स१चालनमा ल्याइएको छ ।
कैलाशका दुई डाँडा जोड्ने जिपलाइन कुल १ हजार दुई सय मिटर लामो रहेको छ। जिपलाइन सुरुवात भएसँगै कैलाश गाउँपालिकाले साहसिक पर्यटनको क्षेत्रमा पनि नयाँ आयाम सुरु गरेको अध्यक्ष लोक बहादुर मोक्तानले बताउनुभयो ।
८४ लाख रुपियाँ लगानीमा जिपलाइन निर्माण गरिएको जनाइएको छ ।
टिकट घर निर्माण, सुरक्षाकर्मी, कर्मचारी व्यवस्थापन लगायतका कार्य चाँडै पूरा गरिनेभएको छ ।
जिपलाइनको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घाटन गर्दै पालिकाका अब पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उपाध्यक्ष बालकुमार मल्लले जिपलाइने पालिकाको आम्दानी वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।
बैकुण्ठमा डाँफे मुनाल पार्क, डम्फूपार्क, विष्णुकुण्ड निर्माण गरिनुका साथै सतीघाट संरक्षण गरिएको छ ।