अहिले कोही कसैको दास हुँदैन

लोकप्रिय

— गैह्रे बद्रीनाथ
सबै प्रहर एकैनास हुँदैन
आफ्नै भन्नेको नि विश्वास हुँदैन ।
स्वार्थका लागि जोडिन्छन् हजार
दु:खमा कोही आसपास हुँदैन ।
आफ्नै अस्तित्व खोजी गर्दा यहाँ
धड्कन त भेटिन्छ श्वास हुँदैन ।
हुरी पसेपछि स्वप्निल वस्तीमा
विरह विसाउने बास हुँदैन ।
सम्मान पाउन सम्मान गर्नुस्
अहिले कोही कसैको दास हुँदैन ।

ताजा समाचार

Related Articles