किसानलाई बिउसहित ट्याक्टर वितरण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ५ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाले कृषक समूहललाई हाते ट्याक्टर विवरण गरेको छ । गाउँपालिकाले मकैबाली प्रवर्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा चार थान हाते ट्याक्टर र ३० किलो मकैको बिउ वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले विहीबार संयुक्त रुपमा कैलाश ३ को अम्बाटार कृषक समूहका अध्यक्ष विश्व विक्रम मल्ललाई बिउ र ट्याक्टर हस्तान्तरण गर्नुभएको हो । कृषक समूहलाई दुई थान विद्युतीय घट्ट मिलसमेत प्रदान गरिएको छ ।
चार लाख बजेटमा पालिकाको ५० प्रतिशत गाउँपालिकाको र ५० प्रतिशत कृषकको योगदान रहेको पालिकाको कृषि तथा पशुविकास शाखाका प्राविधिक सन्दीप कुशहवाले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन रुम्बा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles