कृति सम्मानका लागि कृति दर्ता आह्वान

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १२ गते ।
साहित्य सङ्गम मकवानपुरले उत्कृष्ट कृतिलाई साहित्य सङ्गम मकवानपुर कृति सम्मान प्रदान गर्नेभएको छ ।
वि.सं. २०८० वैशाख १ गतेदेखि २०८१ चैत मसान्तसम्म प्रकाशन भएको कविता विधाका कृतिलाई सम्मान प्रदान गरिनेभएको हो ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी. बी. बतौँलाले प्राप्त कृतिमध्ये सर्वोत्कृष्ट कृति छनोट गरी विशेष समारोह आयोजना गरी सम्मान राशि २५ हजार एक रुपियाँ र सम्मानपत्र समर्पण गरिने जानकारी दिनुभयो ।
साहित्य सङ्गम मकवानपुरका संस्थापक केशव श्रेष्ठ ’ज्योति’ ले उक्त साहित्य सङ्गम मकवानपुर कृति सम्मान स्थापना गर्नुभएको हो ।
सम्मानका लागि कविता विधाका मौलिक सङ्ग्रह तीन थान पुरस्कार/सम्मान छनोट समितिलाई उपलब्ध गराउनु पर्ने छ ।
उहाँका अनुसार दर्ता गरिएको कृति कुनै पनि राष्ट्रिय पुरस्कार / सम्मानका लागि छनोट नभएको हुनु पर्नेछ र यही वैशाख २५ गतेभित्र छनोट समितिमा कृति प्राप्त भइसक्नु पर्ने छ ।

ताजा समाचार

Related Articles