भाषा र संस्कृतिको संरक्षणमा प्रतिबद्ध छौँः मुख्यमन्त्री लामा

लोकप्रिय

हेटौँडा, वैशाख १२ गते ।
नेपाल भाषा खलःको हेटौँडा उपमहानगरपालिका १ स्थित भिन्तुनापथमा भवन निर्माण सुरु गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले भवनको बिहीबार शिलान्यास गर्दै प्रदेश सरकारले सबै भाषा, धर्म, संस्कृति र समुदायको संरक्षण र प्रवद्र्धनका लागि काम गरिरहेको बताउनुभयो ।
प्रदेश सरकारले सबै भाषा र संस्कृतिको संरक्षण र प्रबद्र्धनमा सचेत र प्रतिबद्ध छ मुख्यमन्त्री लामाले भन्नुभयो, प्रदेश सरकारले नेपाल भाषा र तामाङले भन्नुभयो भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन थालेको छ ।
प्रदेशका पूर्वमन्त्री एका लाल श्रेष्ठले भवन निर्माणमा सरकारको सहयोगसँगै समुदायको पनि योगदान रहनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेश सरकार र समुदायको लागत साझेदारी गरी ३३ लाख ३५ हजार रुपियाँको लागतमा भवन निर्माण सुरु गरिएको हो ।
भूकम्पले भवन जीर्ण भएपछि पुरानो भवन भत्काएर १५ धुर जग्गामा भवन बनाउन सुरु गरिएको नेपाल भाषा खलःका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । चार तलाको भवन निर्माण गर्ने गरी विस्तृत परियोजना प्रस्ताव तयार गरिएको उक्त भवनका भुईँ तला व्यापारिक प्रयोजनका लागि बनाइने भएको छ । नयाँ बन्ने भवनमा कार्यालय, सङ्ग्रहालय, सभाहललगायतका संरचना रहनेभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सभा संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, मुख्य सचेतक गोविन्द लम्साल, प्रदेश सभा सदस्य रामकुमार पहाडीलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles