भूकम्पमा परी निधनभएका संस्थापक क्याम्पस प्रमुख श्रेष्ठको सम्झना गरियो

लोकप्रिय

हेटौँडा, वैशाख १२ गते ।
२०७२ वैशाख १२ गतेको भूकम्पमा परी निधन हुनुभएका मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख मुकुन्द दास श्रेष्ठको सम्झना गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका २ स्थित मकवानपुर बहुमुखी क्याम्पस परिसरमा शुक्रबार स्मृति सभा आयोजना गरी श्रेष्ठप्रति श्रद्धान्जलि व्यक्त गरिएको हो ।
क्याम्पस परिसरमा रहेको उहाँको अर्धकदको सालिकमा माल्यार्पणसहित एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । सो अवसरमा संस्थापक क्याम्पस प्रमुख श्रेष्ठले मकवानपुरको शैक्षिक क्षेत्रमा पु¥याउनुभएको योगदानको बारेमा संक्षिप्त चर्चासमेत गरिएको थियो ।
श्रद्धान्जली सभामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, संविधान सभा सदस्य प्रल्हाद लामिछाने, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेल, उपाध्यक्ष अशोक शाक्य, क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाललगायतको उपस्थिति रहेको थियो ।
२०७२ वैशाखमा गएको भूकम्पमा परी मकवानपुर निवासी भलिवलका तत्कालीन प्रमुख राष्ट्रिय प्रशिक्षक केशवलाल श्रेष्ठ, गोरखापत्रकर्मी सुमन भोम्जनलगायतको निधनभएको थियो । प्रमुख राष्ट्रिय प्रशिक्षक केशवलाल श्रेष्ठको सम्मानमा मकवानपुर जिल्ला खेलकुद विकास समितिको परिसरमा अर्धकदको सालिक स्थापना गरिएको छ ।

ताजा समाचार

Related Articles