१२ जना स्रष्टालाई कृति प्रकाशन सम्मान

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १३ गते ।
साहित्य सङ्गम मकवानपुरले १२ जना स्रष्टालाई कृति प्रकाशन सम्मान गरेको छ । शनिबार भएको ३५४ औँ नियमित साहित्य सन्ध्या तथा सङ्गमको विशेष साधारण सभाका क्रममा २०८१ सालभित्र कृति प्रकाशन गर्ने मकवानपुर जिल्लाका १२ जना साहित्यकारलाई सम्मान गरेको हो ।
अघिल्लो वर्ष मकवानपुरका सर्जकहरूका दुई मुक्तक सङ्ग्रह, दुई गजल सङ्ग्रहका साथै एक–एक कविता÷नियात्रा÷कथा÷अनुसंस्करण÷गीत÷संस्मरण सङ्ग्रह प्रकाशन भएका थिए ।
अनुभूतिका आँखाहरू अनुसंस्मरण सङ्ग्रह प्रकाशन गर्ने ऋषिराम उपाध्याय पोखरेल, घामका फूलहरु– गजल सङ्ग्रह प्रकाशन गर्ने तुलसी घिमिरे, संयात्राको संयोग–नियात्रा सङ्ग्रह प्रकाशन गर्ने, रमेशमोहन अधिकारी, बहिष्कृत आवाज–कविता सङ्ग्रह प्रकाशन गर्ने यश लामा, आउँछ यादहरु–गीत सङ्ग्रह प्रकाशन गर्ने महेश सी आरोह र . उज्यालोका बाछिटा–मुक्तक सङ्ग्रह प्रकाशन गर्ने डीबी बर्तौलालाई सम्मान गरिएको थियो । यस्तै तृप्ति–गजल सङ्ग्रह प्रकाशन गर्ने राम कार्की, सम्झूँ कि बिर्सु–संस्मरण सङ्ग्रह प्रकाशन गर्ने निर्मोही व्यास, गल्छेडाका धुनहरु– मुक्तक सङ्ग्रह प्रकाशन गर्ने राजबाबु पहाडी, अन्तरध्वनि – मुक्तक सङ्ग्रह प्रकाशन गर्ने किशन पौडेल, बन्द ढोकाको चित्कार–मुक्तक सङ्ग्रह प्रकाशन गर्ने दिनेश शर्मा र कठै–कथा सङ्ग्रह प्रकाशन गर्ने श्यामप्रसाद श्रेष्ठका कृतिलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
लेखकहरूलाई सम्मानपत्रसहित सम्मान समर्पण गरिएको कार्यक्रममा ओमभक्त भण्डारी, राजकुमार चौधरी, सानुभाइ बिश्वकर्मा, सुबास सजल, जनार्दन खनाल, अनिल कोइराला, पुरूषोत्तम आचार्य, मनोज मधुर, उमेश तिमल्सिना, देवराज तिवारीले रचना वाचन गर्नुभएको थियोे ।
कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता एवं सल्लाहकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, महाकाव्यकार मुना अर्याल, संस्थाका सल्लाहकारहरू निमेष निखिल, सुवास खनाल, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य कवि शान्ति प्रियवन्दना, सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, साहित्यकार देवराज खरेल, साहित्यसेवी मुक्ति गोविन्द वैद्यको उपस्थिति रहेको थियो ।
वडाध्यक्ष सिग्देल, शान्ति प्रियबन्दना, सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाललगायतले बोल्नुभएको सो कार्यक्रममा लघुकथाकार ओम श्रेष्ठले आफ्नो पुस्तकहरू पुष्पलाल पुस्तकालयका लागि हस्तान्तरण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles