धादिङमा हत्या गरी फरार मकवानपुरबाट पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १६ गते ।
धादिङ जिल्लामा हत्या गरी फरार भएका मकवानपुरका दुई जनालाई प्रहरीले मनहरीबाट पक्राउ गरेको छ ।
गत चैत २४ गते राति धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ डुडेठाटीका चुडामणि कंडेललाई आफ्नै घरभित्र रहेको शौचालयमा हत्या गरी फालेर फरारभएका मकवानपुरका दुई जनालाई इलाका प्रहरी कार्यालय मनहरीले मंगलबार पक्राउ गरेको हो ।
कंडेलको हत्या गरी फरार रहेका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.९ स्थित खर्कका वर्ष २७ का सन्चलाल मोक्तान र वर्ष २५ का प्रितिलाल भन्ने पृथलाल थिङलाई मनहरी गाउँपालिका वडा ७ स्थित मनहरी बजारबाट नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउपछि इलाका प्रहरी कार्यालय मनहरी निजहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङको टोलीलाई बुझाएको छ ।

ताजा समाचार

Related Articles