बुद्धको मूर्ति बनाउन जमिन खन्ने क्रममा जेसिबी दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १९ गते ।
रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङबेशीमा जेसिबी दुर्घटना हुँदा एकको मृत्यु र एक जना घाइतेभएका छन् ।
बुद्धको मूर्ति बनाउन जमिन खन्ने क्रममा बा २ क ९६७८ नं.को जेसिबीको ब्रेक फेल भई करिब ४०/५० मिटर तल खसेर गएराति दुर्घटना भएको हो । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार जेसिबी दुर्घटनामा परी रसुवा नौकुण्ड गाउँपालिका २ यार्सा बस्ने छिरिङ तामाङको मृत्युभएको छ ।
सोही स्थानमा काम गर्ने कामदार वर्ष २८ का तामाङको दुर्घटनामा परी टाउकोमा चोट लागेर अवस्था गम्भिर भएपछि रसुवा अस्पताल, धुन्चेमा लगिएकोमा डाक्टरले राति ११ः०५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
नुवाकोट बिदुर नगरपालिका वडा नं.४ बस्ने वर्ष ३० का जेसिबी चालकसुरेन्द्र आचार्यलाई सामान्य उपचार पश्चात् जिल्ला प्रहरी कार्यालय रसुवाले नियन्त्रणमा लिएको छ ।
जेसिबी दुर्घटनाभएको घटनास्थल प्रहरी चौकी थाम्बुचेत रसुवाबाट करिब पाँच किमी. दक्षिण पर्ने प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles