खासकुरा संवाददाता
हेटौँडा, वैशाख २० गते ।
हेटौँडामा ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा शनिबार प्रभातफेरी र कोण सभाको आयोजना गरी प्रेस स्वतन्त्रता दिवस मनाइएको हो ।
हेटौँडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ भएर पुनः सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभामा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, संस्थापक अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाललगायतकाको उपस्थिति रहेको थियो । मकवानपुरसँगै विभिन्न जिल्लामा कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।
हरेक वर्ष ‘मे’ ३ तारिखका दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
युनेस्कोले यसवर्ष अर्थात सन् २०२५ का लागि ‘टाईम टु पुट एआई अन द सोसल एजेन्डा’ नारा तय गरेको छ ।
