खासकुरा संवाददाता
हेटौँडा, भदौ १७ गते ।
बागमती प्रदेशको प्रदेश सभाका सचिवालय सचिब डा. चन्द्रप्रसाद लुईँटेल र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरुबिच कार्यसम्पादन करार सम्झौता भएको छ ।
प्रदेश सभा सचिवालयमा आइतबार भएको कार्यक्रममा चालु आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सभामा कार्यरत कर्मचारीहरुले सम्पादन गर्ने कार्यहरु र जिम्मेवारीका बारेमा प्रदेश सभा सचिवालय सचिव लुईँटेलसँग प्रदेश सभाका कर्मचारीहरुले कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।
प्रदेश सभा सचिवालय सचिव लुईँटेलसँग सचिवालयमा कार्यरत ११ जना कर्मचारीले कार्यसम्पादन करार सम्झौता गरेको प्रदेश सभा सचिवालयमा प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।
कार्यसम्पादन करार सम्झौता कार्यक्रममा बागमती प्रदेश सभामा सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ खत्री, प्रदेश सभा सचिब कृष्णहरि खड्कालगायतको उपस्थिति रहेको थियो ।
प्रवक्ता गुप्ताले कार्यसम्पादन करार सम्झौतामा कर्मचारीहरुले चालु आवमा गर्नुपर्ने कामहरु, जिम्मेवारी, समयसीमालगायत उल्लेख गरिएको बताउनुभयो ।