काठमाडौँ, असोज ५ गते ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकमा ४५ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभयो ।
कार्यसमितिको बैठक पर्सी बिहान ९ बजे पुनः बस्ने छ ।