हेटौँडा, असार २८ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. १ स्थित सिम्लाङ खोलामा शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका १ घर भई हाल काठमाडौँको माईतिघर बस्दै आएका करिब १७/१८ वर्षीय कर्ण भन्ने प्रणय गुप्ता पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँले साथीहरुसँग मार्खु घुम्न आएका गुप्ता शनिबार १६ः३० बजेको समयमा सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको बताउनुभयो ।

प्रहरीका अनुसार खोलामा बेपत्ता भएका गुप्ताको अस्थायी प्रहरी पोष्ट मार्खु मकवानपुर, इलाका प्रहरी कार्यालय पालुङ मकवानपुर र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोलीबाट खोजतलास भईरहेको छ ।
