पौडी खेल्ने क्रममा खोलामा डुबेका गुप्ता मृत फेला

लोकप्रिय

हेटौँडा, असार २८ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. १ स्थित सिम्लाङ खोलामा शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

बारा कलैया उपमहानगरपालिका १ घर भई हाल काठमाडौँ माईतीघर बस्दै आएका करिब १७/१८ वर्षीय कर्ण भन्ने प्रणय गुप्ता पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर बेपत्ता भएकोमा साँझ ६ः१५ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

साथीहरुसँग मार्खु घुम्न आएका गुप्ता शनिबार १६ः१५ बजेको समयमा सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोलाबाट मृत अवस्थामा फेला पारेको थियो ।
प्रहरीका अनुसार युनाइटेड कलेज ललितपुरमा कक्षा १२ मा अध्ययनरत गुप्ता सोही कलेजको छात्रवासमा बस्दै आएकोमा हाल साथीको डेरा काठमाडौँको माइतीघरबाट साथीहरुसँग मार्खु घुम्न आएका थिए ।

ताजा समाचार

Related Articles