खासकुरा संवाददाता
हेटौँडा, असोज २३ गते ।
बागमती प्रदेश सभाको चालु अधिवेशन मंगलबार (आज) मध्यरातदेखि अन्त्य गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश सभाको बजेट अधिवेशनको रुपमा समेत रहेको वर्षे अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य गर्नुभएको हो ।
प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषद्को शिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम असोज २३ गते रातको १२ः०० बजेदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रदेश सभाको अधिवेशन मन्त्रीपरिषद्को सिफारिशमा प्रदेश प्रमुखले आव्हान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ । बागमती प्रदेश सभाको दोश्रो अधिवेशन गत जेठ ९ गतेबाट सुरुभएको थियो ।