गुराँसको फूलबाट बन्यो नेपालकाे राष्ट्रिय झण्डा

लोकप्रिय

बागलुङ, चैत १३ गते ।
अहिले नेपालको उच्च भागहरुमा राष्ट्रिय फूल लालीगुराँसले वनजँगल राताम्य बनेका छन् । ढकमक्क फूलेको लालीगुराँसले वातावरण हराभरा मात्र पारेको छैन आन्तरिक तथा बाह्य पर्यटकलाई समेत तानेको छ । स्थानीय स्तरको पर्यटकीय ठाउँलाई प्रवद्र्धन गर्न राष्ट्रिय फूल लालीगुराँसबाट ताराखोला २ द्वारेडाँडामा गुराँसको थुङ्गा जोडेर नेपालको झण्डा निर्माण गरि होली पर्व मनाईएको छ ।

फूलको थुँगाको १९ हात ठाडो र ९ हात चौडाईको राष्ट्रिय झण्डा निर्माण गरिएको कपिल घर्ती मगरले बताउनुभयो । फागू पूर्णिमाको अवसरमा समुन्द्री सतह देखि २६ सय मिटर उचाइमा रहेको द्वारेको डाँडामा अर्गल माविका शिक्षक, वडा नं ४ का आमा समूह, जोम्टो किताब घरका सदस्य सहित ९० जना बढी व्यक्तिहरू पुगेर राष्ट्रिय झण्डा बनाएका हुन् । उक्त झण्डाले आन्तरिक तथा बाह्य पर्यटकलाई तान्ने विश्वास लिइएको छ ।

ताजा समाचार

Related Articles