खासकुरा संवाददाता
हेटौँडा, वैशाख २३ गते ।
वागमती प्रदेश सरकारले बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गते आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्री परिषद् बैठकले बागमती प्रदेश सभाको सोह्रौँ अधिवेसन आगामी जेठ ५ गते सोमबार आब्हान गर्न बागमती प्रदेका प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
प्रदेश सरकार निर्णयका बारेमा खासकुरा अनलाईनलाई जानकारी दिँदै उहाँले भन्नुभयो, प्रदेश सभाको सोह्रौँ अधिबेशन आगामी जेठ ५ गते सोमबार बिहान ११ बजे बस्ने गरी आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गरिएको छ ।
मन्त्री परिषद्को सिफारिशमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आब्हान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ । मन्त्री परिषद बैठकको सिफारिशअनुसार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको अधिवेशन आब्हान गर्नुहुनेछ ।
