हराएको ट्रक छ घण्टापछि फेला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २४ गते ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ रमनटारबाट हराएको ट्रक छ घण्टापछि फेला परेको छ ।
मनहरी गाउँपालिका वडा नं. ७ रमनटारका ट्रक चालक सोम बहादुर थिङले आफ्नै घर अगाडि पार्किङ गरेर राखेको ट्रक बुधबार बिहान ८ः०० बजे हराएको ट्रक दिउँसो २ः०० बजेको समयमा मनहरी गाउँपालिका ९ स्थित रजैयामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नं को ट्रक हराएको जानकारी इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा गराएपछि प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा मनहरी गाउँपालिका ९ रजैयास्थित पूर्व पश्चिम राजमार्गको जंगल भएको ठाउँमा छाडेको अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले उक्त ट्रक कसले चलाएर लागेको भन्ने बारेमा अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।
ट्रक इलाका प्रहरी कार्यालय मनहरी मकवानपुर ल्याई ट्रक धनी जितपुर सिमरा उपमहानगरपालिका ९ का सुरज देवकोटालाई बुझाईएको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles