सुख्खा पहिरो खसेर सुमोमा क्षति, यात्रु घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २४ गते ।
भैंसे–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका ४ रातोमाटेमा भिरबाट सुख्खा पहिरो खसेर सुमोको अगाडिको सिसा फुटेको छ ।
बुधबार अपरान्ह काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ज ७०७९ नं.को सुमोमा रातोमाटे भिरबाट सुख्खा पहिरो खसेर सुमोको अगाडिको सिसा फुट्दा सुमोमा सवार सर्लाही लालबन्दी नगरपालिका ९ बस्ने वर्ष ३८ का नारायण काफ्लेको दुवै खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार सुमो चालक जितलाल चौधरीले घाईतेको उपचार गराई दिने जनाएका छन् । उक्त घटनास्थल भैँसे प्रहरी चौकीबाट करिब सात किमि पूर्वतर्फ रहेको छ ।

ताजा समाचार

Related Articles