खासकुरा संवाददाता
हेटौँडा, वैशाख २४ गते ।
हेटौँडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको प्रतियोगिताको फाइनलमा पुगेका दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले का उपाधि आफूले जित्ने दावी गरेका छन् ।
प्रतियोगिताको फाइनल खेल बिहीबार फाइनल खेल हुँदैछ ।
बुधबार हेटौँडा उपमहानगरपालिका ६ स्थित गौरीटार रंगशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले यस्तो दावी गरेका हुन् ।
एपीएफका प्रशिक्षक जिवेश पाण्डेले पुलिस पनि राम्रो टिम भएको बताउँदै आट्याकिङमै ध्यान दिएर खेल्ने बताउनुभयो ।
यस्तै एपीएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेलका कारण आफूहरु अलि थकानमा रहेपनि फाइनलमा मेहनत गरी उपाधि उचाल्ने जिकिर गर्नुभयो ।
उता पुलिसका प्रशिक्षक भोला सिलकारले एपीएफ तुलनात्मक रुपमा आफुहरुभन्दा बलियो टिम भएपनि प्रतिस्पर्धिामा उत्रने भन्दै आफ्नै सबै खेलाडी शारीरिक रुपमा फिट रहेकोले आफूहरुले फाइनल जित्ने बताउनुभयो ।
पुलिसकी कप्तान निरुता थापाले यसपटक उपाधि जित्ने गरी आफूहरु मैदान उत्रने तयारी गरिरहेको जानकारी दिनुभयो ।
प्रतियोगिता पुलिसदे चितवन फुटबल संघलाई ७–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यसैगरी एपीएफ सेमिफाइनलमा संकटालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले पाँच लाख रुपियाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।




