भाषा र संस्कृति देशको सम्पत्ति होः मुख्यमन्त्री लामा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २४ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले हाम्रो भाषा र संस्कृति देशकै सम्पत्ति भएकोले यसको संरक्षण गर्नु सबैको दायित्वभएको बताउनुभएको छ ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र नेवा देय् दबुको सहकार्यमा प्रदेश भाषा दिवस २०८२ को अवसरमा बुधबार हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले भाषा र संस्कृतिले सबैको अपनत्व स्थापित गराउने बताउनुभयो ।
उहाँले प्रदेश सरकार प्रदेशभित्र बसोबास गर्ने सबैको भेषभुषा, भाषा, संस्कृति र परम्पराको संरक्षणमा लागेको भन्दै
भाषा ऐन बनाएर भाषा दिवस मनाउन थालेको बताउनुभयो ।
ऐन बनिसकेको र नियमावली बनाउने तयारीमा जुटिरहेको र नियमावली बनाएर सबै भाषाको संरक्षणमा लाग्छौँ उहाँले भन्नुभयो ।
प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले नेपाल भाषा र संस्कृतिका दृष्टिले धनी देश भएको भन्दै सबै भाषाभाषीको संरक्षणले देशलाई पनि समृद्ध बनाउनु सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा तामाङ र नेपाल भाषाको संरक्षण, प्रवद्र्धन र विकासमा महोत्वपूर्ण योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम पूर्व विभिन्न भेषाभुषा र बाजागाजासहितको ¥यालीको आयोजना गरिएको थियो ।
बागमती प्रदेश सरकारले बुधबारका दिन बागमती प्रदेश भर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारी काम काजको भाषा शुभारम्भ भएको दिन वैशाख २४ गते भाषा दिवस बनाउन प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा गत वर्षदेखि दिन थालेको हो ।

ताजा समाचार

Related Articles