सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई आवास

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ १० गते ।
ललितपुरको भैँसेपाटीमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण गरिएको छ ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीको नवनिर्मित निवासको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।
भवन उद्घाटन समारोहमा उहाँले भवनले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चित्र प्रस्तुत गरेको भन्दै त्यसमा सबैले गर्वको महसुस गर्नुपर्ने बताउनुभयो।
प्रधानमन्त्री प्रचण्डले प्रदेशको कामकारबाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। सङ्घीयतामाथि प्रश्न उठाउनेलाई पनि सो निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उहाँले सङ्घीयताको संस्थागत विकासमा पनि यसले योगदान पु¥याएको बताउनु भयो ।
साथै कार्यक्रममा भवनको साँचो सम्बन्धित प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको थियो । यसैबीच सङ्घीय मन्त्रीको निवासको कामले पनि केही महिनाभित्रै पूर्णता पाउने जनाइएको छ ।

ताजा समाचार

Related Articles