खासकुरा संवाददाता
हेटौँडा, वैशाख २७ गते ।
बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौँडामा तीन दिने प्रदेश युवा सम्मेलन हुने भएको छ ।
आइतबारबाट हुने डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा, सिप, सृजना, दिगो विकासमा जलवायु परिवर्तन, युवामा सिपमूलक तालिमको आवश्यक्ता र प्राथमिकता, नीति नेतृत्व र युवा संलग्नतालगायतका विषयक छलफल गरिने जनाइएको छ ।
सम्मेलनका बारेमा शनिबार परिषद्ले आयोजना गरेको पत्रकार भेटघाटमा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले सम्मेलनको तयारी पुराभएको जानकारी दिनुभयो । सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उहाँले युवालाई नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । सम्मेलनमा तीन सयकभन्दा बढी युवाको सहभागिता रहने जनाइएको छ ।
