रोटरीको सहयोगमा विपन्न समुदाय आयआर्जनमा

लोकप्रिय

हेटौँडा, वैशाख २८ गते ।
रोटरी क्लबको सहयोगमा मकवानपुरको दुई स्थानीय तहका विपन्न समुदाय आयआर्जनमा लागेका छन् ।
रोटरी क्लब अफ हेटौँडाको सहयोगमा विपन्न समुदायले गाईपालन, बाख्रापालन, कुखुरापालन, तरकारी खेती, सिलाईकटाईलगायतका उद्यम गरिरहेका हुन् ।
मकवानपुरमा हाँडिखोला र हेटौँडा उपमहानगरपालिका १५ गौरिटारमा चुरेशिखर गरी दुई वटा रोटरी सामुदायिक संघ रहेका छन् । दुई रोटरी सामुदायिक संघको ४५ वटा समूहमा करिब चार सय महिला आबद्ध रहेको रोटरीले जनाएको छ ।
५५ लाख रुपियाँ बिऊ पुँजीबाट गरिब तथा विपन्न महिलालाई बिना ब्याज सापटी रकम प्रदान गर्दै आईरहेको छ ।
यसैबिच रोटरी क्लब अफ हेटौँडा अन्तर्गतको रोटरी सामुदायिक संघ हाँडिखोलाको चौथो साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले पुनः अम्बिका पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बबिता लुईटेल, सचिवमा सुनिता पण्डित, कोषाध्यक्षमा सरिता सुवेदी, सदस्यहरुमा लक्ष्मी थापा, सानु सुनार, सुशीला बर्तौला, मिठु कार्की, पार्बती प्रजा, सुनमाया बल र शान्तादेवी बर्तौला रहनुभएको छ ।
उक्त कार्यक्रम रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ का माईक्रो क्रेडिट डिष्ट्रिक्ट चेयर धिरजकुमार कार्की क्षेत्रीको प्रमुख आतिथ्य तथा अम्बिका पौडेलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर रामप्रसाद शर्मा, रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ को रोटरी सामुदायिक संघ समितिको सहसंयोजक ईन्द्र नेपाल, रोटरी क्लब हेटौँडाका पूर्व अध्यक्ष सुरेशराज पराजुली, अध्यक्ष प्रकाश ढकाल, निर्वाचित अध्यक्ष प्रमेश प्रधान, सचिव उमाप्रसाद रौनियर, सहकोषाध्यक्ष सुदर्शन ढकाल, पत्रकार अशोकसुजन श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।
रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ मा १६२ क्लब अन्तर्गत १२७ रोटरी सामुदायिक संघ रहेका छन् ।
सय वटा देशमा ५४ लाख महिलासहित एक करोड व्यक्ति माईक्रो क्रेडिटमा आबद्ध रहेको बताईएको छ । सन् २०११ मा मकवानपुरमा रोटरी सामुदायिक संघ गठन भएको थियो ।

ताजा समाचार

Related Articles