प्रेस सेन्टर नेपालले बुझायो ज्ञापनपत्र

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २८ गते ।
प्रेस सेन्टर नेपाल संघीय समितिको कार्यक्रम अनुसार प्रेस सेन्टरले जिल्ला प्रशासन कार्यालय मकवानपुर र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।
आइतबार प्रेस सेन्टर मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुर र प्रेस सेन्टर बागमती प्रदेश समितिले प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
प्रेस सेन्टरले गतमा कथित राजावादी समूहले जिउँदै जलाएर पत्रकार सुरजक रजकको हत्या गरेको भन्दै पत्रकारको हत्या, पत्रकारमाथि भौतिक आक्रमण, सञ्चार गृहमाथि आक्रमण, पत्रकारको पेशागत असुरक्षाका घटनाले संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकार संकुचित भइरहेको जनाएको छ ।
नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढेको भन्दै सेन्टरले भनेको छ, विश्वमा नेपालको प्रेस स्वतन्त्रता सूचक खस्किएको छ ।
सञ्चारसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भइरहेको, सञ्चार कानुन निर्माणका लागि प्रस्तावित भइ छलफल भइरहेका विधेयकका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने र स्वतन्त्र पत्रकारितामाबाधा पु¥याउने भएको ज्ञापन पत्रमा उल्लेख छ ।
उक्त १० बुँदे ज्ञापनपत्र बुझाउन प्रदेश समितिका ध्रुव अधिकारी, जिल्ला समितिका एमपी शर्मालगायत पुग्नुभएको थियो ।
पत्रकारको हत्या, आक्रमण, भौतिक तथा पेशागत असुरक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको बढोत्तरी र निर्माणाधिन सञ्चारसँग सम्बन्धित कानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने कतिपय प्रावधानप्रति प्रेस सेन्टर नेपाल चिन्ता व्यक्त गरेको छ ।

ताजा समाचार

Related Articles