राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र थुनामुक्त

लोकप्रिय

काठमाडौँ, जेठ २ गते ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तारिखमा रिहा हुनु भएको छ । सर्वोच्च अदालतले मिश्रलाई  तत्काल थुनामुक्त हुनु गर्न परमादेश दिएसँगै उहाँ थुनामुक्त हुनु भएको हो  । मिश्रसंग संकलन गर्नु पर्ने सबै प्रमाण संकलन भएको देखिएको र हिरासतमा राख्नैपर्ने अवस्था नदेखिएकोले हाजिरी जमानीमा तत्काल थुनामुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको हो । ५० दिनदेखि प्रहरी हिरासतमा रहेका मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई थुनामुक्त गर्ने परमादेश दिएको हो । उहाँलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ । गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका मिश्रलाई पक्राउ गरेको थियो । राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले उहाँलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।

ताजा समाचार

Related Articles